विराटनगर । प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरुको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ । प्रदेश १ मुख्मयन्त्री तथा मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश अन्तरगतका मन्त्रालय र मन्त्रालयगत नियाहरुको संरचना एव दरबन्दी स्वीकृत गरिएको हो । 

यस्तै प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन् । 

बैठकले प्रदेश कृषि अनुदान नियमावली स्वीकृत पनि गरेको छ । नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धीत प्रदेश सरकारले दिँदै आएको अनुदानलाई प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुग्ने यादवले बताए ।

प्रदेश सरकारले प्रदेश संचार व्यवस्थापन गर्नका लागि बनेको विधेयक निर्माणका लागि यातायात तथा संचारमन्त्रालयलाई सैद्धान्तिक सहमति पनि दिएको छ ।