विजयपुर/नेपाली कांग्रेस धरान उपमहानगर समितिले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार १२ औँ नारी दिवसको अवसरमा धरान–२ स्थित पार्टी कार्यालयमा सम्मपन शिविरमो संयोजन नेपाली कांग्रेस महिला विभाग र स्वास्थ्य विभागले गरेको थियो । शिविरमा प्राविधिक सहयोग बिर्तामोड मेडिकल हलले गरेको थियो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पनि स्वास्थ्य परीक्षण गरेका थिए ।

सिविरमा १ सय ४८ जनाले स्वास्थ्य परीक्षण गराएको नेपाली कांग्रेस धरानका सभापति श्याम पाखरेलले जानकारी दिए । उनले स्वास्थ्य परीक्षण गराउनेमा महिलाहरु धेरै रहेको बताए । उनले १२ जना चिकित्सकले सेवा दिएको बताए । शिविरमा सामान्य प्रकारका औषधि निशुल्क प्रदान गरेको पोखरेलले बताए ।

nepali_congress (1)

यस्तै पार्टीका कार्यलय निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादातासहित पार्टीमा लामो समयदेखि योगदान गर्ने ७ जना जेष्ठ महिलाहरुलाई सम्मान पनि गरिएको छ । सम्मानीत हुनेमा जग्गादता दिलकुमारी राई रहेकी छन् । यस्तै, पार्टीमा योगदान पु¥याउने कृष्णकला मादेन, पार्वती ताम्रकार, सरस्वती ढकाल ,राजकुमारी राई, हेमकुमारी विश्वकर्मा र ललिता अधिकारी रहेका छन् ।

उनीहरुलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको पोखरेलले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस १ नं. प्रेदशका महामन्त्री उमेश थापा, सभापति केदार घण्डारी, प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलगायतका उपस्थिति रहेको थियो ।