धरान । नेकपा (एमाले) १४ नम्बर वडा कमिटीले विभिन्न टोलहरूलाई समेट्दै संयुक्त टोल कमिटी गठन गरेको छ । 

मङ्गलबार गठित गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडा टोल कमिटीबाट हसन्त राईको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो । भेलाले सचिवमा गुनश्वरी राई चयन भए । यसैगरी सदस्यहरूमा कविता, थापा, श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेजबहादुर आले, फत्तबहादुर खड्का, कुन्ता आले, अमरबहादुर आले, ध्रुव आले, आस्मिन आले, उज्जव आले, सेच्छा पुलामी, मालती राई, देवीबहादुर कटुवाल, सन्तोषकुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई, आशा राई, कल्पना श्रेष्ठ, प्रकाश थापा, डोलकुमारी श्रेष्ठ, सीता कटुवाल, अम्बरबहादुर आलेख, सागर राई र उत्सव आले रहेका छन् । 

कमिटीका पदाधिकारीलाई पार्टी जिल्ला सङ्गठन विभाग सचिव रवि खनालले पद तथा गोपनियताको सपथ ग्रहण गराए । कार्यक्रममा धरान नगर कमिटीका उपाध्यक्ष पारस राई, जिल्ला पार्टी स्कुल विभाग सदस्य गिरिराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।