माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । 

प्रमुख उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपप्रमुख केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका थिए । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रमुख , उपप्रमुख र वडाध्यक्षहरू नेकपा माओवादी केन्द्रबाट विजयी बनेका थिए । 

बगडियालगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनकै लागि एमालेले रंगेलीमा वृहत जनसभाको आयोजना गरेको हो । विभिन्न दल परित्याग गरेका ४ हजार ७ सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ ।