विजयपुर । नेपाल बस्ती बसोबास संरक्षण समाजले इटहरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान अन्तर्गत इटहरी परिक्रमा गरी १० बुँदे इटहरी घोषणा–पत्र जारी गरेको छ । उनीहरूलाई उपमहानगरमा प्रवेश नदिएपछि गेट फोडेर प्रवेश गरेको बताएका छन् ।
बुधबार समाजले इटहरी बजार परिक्रमा गरी इटहरी उपमहानगर प्राङ्गणमा कोणसभामा गरेको थियो । इटहरी उपमहानगरमा प्रवेश गर्न नदिएपछि गेट फोडेर प्रवेश गरेको समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताए ।
उनले प्ले–कार्डसहित नाराबाजी गर्दै बजार परिक्रमा गरेको बताए । उनले आगामीे निर्वाचनमा लालपुर्जा नभए सुकम्बासीले मतदान नगर्ने बताए । उनले १० बुँदे इटहरी घोषणा–पत्र जारी गरेको बताए ।
उनले अघिल्ले दिन उपमहानगर प्रमुख द्वारिकलाल चौधरीसँग समय मागे पनि समय नदिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृतलाई घोषणा–पत्र बुझाएको बताए ।