विराटनगर । प्रदेश १ सरकारले निर्णाय गरेको सात महिनापछि कृषी ज्ञान केन्द्र मोरङमा स्थापना भएको छ । विराटनगर १३ मा कृषी ज्ञान केन्द्र स्थापना भएको हो । ज्ञान केन्द्रको उद्घाटन प्रदेश १ का कृषी मन्त्री झलक बहादुर मगरले शुक्रबार उद्घाटन गरे ।

 २०७८ माघ २३ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मोरङसहित तेह्रथुम र ताप्लेजुङ्गमा कृषी ज्ञान केन्द्र स्थापना गर्ने निर्णाय गरेको थियो । यी तीन जिल्ला बाहेक ११ जिल्लामा कृषी ज्ञान केन्द्र स्थापना भइ संचालनमा आइसकेको छ । तेह्रथुममा असोज ९ र ताप्लेजुङ्गमा असोज १० गते कृषी ज्ञान केन्द्र स्थापना हुनेछ । अब तेह्रथुम र ताप्लेजुङ्गमा कृषी ज्ञानकेन्द्र स्थापना भएपछि प्रदेश १ को १४ वटै जिल्लामा कृषीजन्य कामहरू सम्बन्धीत जिल्लाहरूबाट हुनेछ । 

कार्यक्रममा बोल्दै कृषी मन्त्री मगरले कृषीमा यन्त्रिकरणको प्रयोग गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । तीन तहको सरकारले स्रोत साधनको उचतम प्रयोग गरी कृषीलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । कृषी उत्पादन बढाउन प्रदेश सरकारले २८ वटा स्थानीय तहमा एक पालिका एक उत्पादन वृद्धी कार्यक्रम सुरु गरेको मन्त्री मगरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषी मन्त्रालयका सचिब मेघनाथ तिमल्सेनाले कृषी पेशालाई सम्मानित पेशाको रूपमा विकास गरेर अगाडी बढाउनुपर्ने बताए । मोरङमा स्थापना भएको कृषी ज्ञान केन्द्रमा १० जना कर्मचारीको दरबन्दी रहेको छ । यहाँबाट बाली, रोग किरा, बागवानी, अनुदानको कार्यक्रमलगायतका कामहरु हुने कृषी ज्ञान केन्द्र मोरङका निमिक्त कार्यालय प्रमुख रामदेव सिंहले बताए । कृषी ज्ञान केन्द्रमा प्रदेश र संघ गरी आठ करोड रुपैयाँ बजेट बिनायोजन गरेको छ । 

यसअघि मोरङमा कृषी ज्ञान केन्द्र स्थापना नहुदा मोरङका कृषकहरु सुनसरी जानुपर्ने बाध्यता रहेको थियो । कार्यक्रममा बोल्दै मोरङको कटहरी गाउँपालिका कृषक कोपिन्द्र सिंहले मोरङमै कृषी ज्ञान केन्द्र स्थापना भएपछि कृषीजन्य काम कारवाहीको लागि सहज भएको बताए ।