धनकुटा । नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको विहिवार सम्पन्न पाँचौं नगर अधिवेशनले पुनः कुल वहादुर तितुङ तामाङलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । 

नेपाल तामाङ घेदुङका पुर्व १ नम्वर प्रदेश समितिका सचिव एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तितुङ तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न पाँचौं नगर अधिवेशनले उपाध्यक्ष नेत्रकुकमारी मोक्तान तामाङ,सचिवमा बागबीर घिसिङ तामाङ, सह–सचिवमा दिपकराज लामा र कोषाध्यक्षमा पंचमाया थिङ तामाङलाई सर्वसम्वत रुपमा चयन गरिएको हो । 

त्यसैगरी चौथो नगर अधिवेशनबाट आगामी तिन वर्षको लागी काम गर्ने धनकुटा नगरपालिकाको १० वटै वडाबाट प्रतिनिधिमुलक ढंगले सदस्यहरुमा पालाङ दोर्जे वम्जन तामाङ, बीर वहादुर लामा, पेमा ग्लान तामाङ, नरेश पाख्रीन तामाङ,गोपाल ग्यावा तामाङ, गजेन्द्र घिसिङ तामाङ र राजु ह्योञ्जन तामाङलाई सर्वसम्वत रुपमा चयन गरिएको पुनः नवनिर्वाचित अध्यक्ष कुलवहादुर तितुङ तामाङले वताएका छन् ।  

त्यसैगरी, नेपाल तामाङ जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष सीतारम थिङ तामाङको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा सन्तवीर लामा, इमानसिं वाईवा तामाङ र जीतवहादुर वम्जन तामाङलाई चयन गरिएको छ । 

उद्धघाटन सत्रलाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तितुङ तामाङले तामाङ समुदायमा सामाजिक जागरण ल्याउन घेदुङको महत्वपुर्ण भुमिका रहेको वताएका छन् । उनले धनकुटा नगर घेदुङले संचालन गरेको हरेक क्रियाकलापले १० वटै वडामा छरिएर वसेका तामाङ मनहरुले परिवर्तनको अनुभुती गर्न सकोस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए । उनले तामाङ जातिको भाषा, संस्कार, संस्कृति वचाउने काममा घेदुङले ठूलो योगदान गरिरहेको चर्चा गरे । प्रमुख तामाङले भने– ‘तामाङ समुदायको हकहितको लागी काम गर्ने विशुद्ध सामाजिक संस्था घेदुङ भए पनि राज्य सत्तालाई खवरदारी गर्न पनि अव तामाङ घेदुङ पछि हट्न हुँदैन ।’ 

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ धनकुटाका निवर्तमान अध्यक्ष सीताराम थिङ तामाङले तामाङ समुदाय साँस्कृतिक जागरणवाट माथि उठिसकेको बताए । उनले भने राजनितिक अधिकार प्राप्तीको लागी अझ्ै तामाङ घेदुङले राजनितिक जाँगरणका कार्यक्रम गाउँगाउँमा संचालन गर्नु पर्नेमा जोड दिए । तामाङले प्रदेश नं.१ लाई सवैको भावनालाई सम्वोधन हुने गरी ऐतिहाशिक पृष्ठभूमि र सभ्यताको आधार वहुपहिचानको आधारमा प्रदेशको नामकरणको लागी आन्दोलन गर्नुको विकल्प नरहेको वताएका छन् ।

नगर घेदुङ धनकुटाका अध्यक्ष कुल वहादुर तितुङ तामाङको अध्यक्षतमा सम्पन्न चौथो नगर अधिवेशनको उद्धघाटन सत्रमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्व्र प्रदेशका अध्यक्ष सन्तवीर लामा, जिल्ला घेदुङ धनकुटाका कोषाध्यक्ष मानवी मोक्तान तामाङ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, ह्रिन्छेन छ्योलिङ गुम्वा व्यवस्थापन समितिका व्यवस्थापक इमानसिंह वाईवा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको संचालन नगर घेदुङ धनकुटाका स–सचिव बागबीर घिसिङ तामाङले गरेका थिए भने स्वागत मन्तव्य नेपाल तामाङ घेदुङ धनकुटा न.पा. वडा नम्वर ६ का वडाध्यक्ष नरेश पाख्रीनले राखेका थिए । घेदुङको संस्थागत प्रतिवेदन सहसचिव बागवीर घिसिङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पञ्चमाया थिङ तामाङले प्रश्तुत् गरेकी थिईन ।  कार्यक्रम ह्रिन्छेन छ्योलिङ गुम्वाको सभाहलमा सम्पन्न भएको थियो ।