भद्रपुर । झापामा एकजना कोरोना सङ्क्रमित फेला परेका छन् ।

मेची प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बिर्तामोडका एकजना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । विहीबार मेची प्रादेशिक अस्पतालमा ८ जनाको पीसीआर परीक्षण गर्दा एकजनामा सङ्क्रमण देखा परेको ल्याबका इन्चार्ज जितेन्द्र झाले बताए । उनका अनुसार दुई महिनायता झापामा पहिलोपटक कोरोना सङ्क्रमण देखा परेको हो । यतिबेला सीमापारी भारतमा फेरि कोरोना सङ्क्रमण ह्वात्तै बढ्को छ ।

सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ । खुला सीमाबाट सङ्क्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् । सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा सङ्क्रमण बढ्ने देखिएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ को सङ्क्रमण फैलिरहेको जनाइएको छ ।