देउराली । धरान उपमहानगरपालिकाको ८ नम्बर वडा स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी गयराती  विजुलीको पोलमा बसले ठक्कर दिँदा  १२ घण्टा देखी विद्युत् अवरुद्ध भएको छ । 

भोटेपुल नजिकैरहेको ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको  कङक्रिटको पोललाई  को १ ख ४१७२ नम्बरको बसले ठक्कर दिँदा पोल भाँचिएपछि पछि विद्युत् अवरुद्ध भएको हो । 


धरान विराटनगर रुटमा सञ्चालन हुने चन्द्रमा यातायात लेखिएको उक्त बसले पार्किङका लागी  भानु चोकबाट मिलन चोक तर्फ आउने क्रममा राती १० बजे पोललाई ठक्र दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरान ले जनाएको छ । कार्यालयका अनुसार बस चालक धरान १२ का ३२ वर्षीय राजेन्द्र पोखरेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणमाथि अनुसन्धान भइरहेको जनाएको छ । 

IMG20230423072623

दुर्घटना भएसँगै अवरुद्ध भएको विद्युत त प्रसारण सुचारु गर्न काम भइरहेको विद्युत त प्राधिकरण धरान वितरण केन्द्रले जनाएको छ । ११ केभी भानु फिडरको उक्त पोल दुर्घटनाका कारण भाचिएसँगै  वैकल्पिक तवरबाट धरानका अधिकांश क्षेत्रको विद्युत सुचारु गरिएता पनि धरान ८ बरगाछी तथा भोटेपुल वरिपरि, अटल पेट्रोल पम्प क्षेत्र  तथा धरान १५ ज्ञान चक्षु मार्ग ,  देवकोटा चौक, धरान ७ का केही स्थानमा विद्युत् अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । 

अवरुद्ध उक्त स्थानमा  १२ बजे भित्रमा विद्युत आपूर्ति सुचारु गर्ने गरी काम भइरहेका कार्यालयले जनाएको छ । 

IMG20230423072626