धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका राष्ट्रिय कार्यकारिणी सदस्य शिव आङ्गलाले नेपालमा लोकतन्त्र स्थापना गर्न सामुदायिक वन समूहका पदाधिकारी एवं सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धनकुटाको सातौँ जिल्ला अधिवेशनलाई सोमवार धनकुटामा उद्घाटन गर्दै सदस्य राईले यस्तो बताएका हुन् । उनले सामुदायिक वनमा काम गर्ने पदाधिकारी एवं सदस्यहरूलाई कुनै पनि पार्टी वा जातिको ह्यिप नलाग्ने बताए । उनले धनकुटाका सामुदायिक वनकर्मीहरूलाई कसैको डर धम्की र त्रासमा नपरी स्वतन्त्र पूर्वक आ–आफ्नो वन समूहमा कटिबद्ध भएर काम गर्न आग्रह गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नं।१ का अध्यक्ष तुलसी सङ्ग्रौलाले नेपालमा सामुदायिक वन वि.सं.२०३० साल श्रावण २५ गते सिन्धुपाल्चोक जिल्लाको पाण्डे गाउँमा पहिलो पटक गठन भएको बताए । उनले नेपालमा वनको संरक्षणका लागि वन समूहहरू गठन गर्नु पर्छ भनेर अभियानको रूपमा सिन्धुपाल्चोकको पाण्डे गाउँमा भएको बताए । उनले वनलाई समृद्धिसँग जोड्न वन पैदावारमा आधारित उद्योग खोल्नु पर्नेमा जोड दिए ।
नेपाल सरकारले वि।सं।०७१ मा निर्माण गरेको वन विकास गुरु योजना महिला मैत्री नरहेको प्रदेश अध्यक्ष सङ्ग्रौलाले औँल्याए । उनले भने–‘वन विकास गुरु योजनामा वन समूहहरू गठन गर्दा जहिल्यै पनि उपाध्यक्ष र कोषाध्यक्ष मात्र महिलालाई प्रतिनिधि पाउने व्यवस्था गरिएको छ ।’ उनले यस्तो विभेदकारी गुरु योजनाले सामुदायिक वन समूहको अध्यक्ष जस्तो जिम्मेवार पदमा महिलाले कहिल्यै पनि स्थान नपाउने अवस्था आउने बताए ।
‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठनसमृद्धिको आधार’ भन्ने मूल नाराको साथ आयोजना गरिएको जिल्ला अधिवेशनमा प्रदेश सचिव राजेन्द्र खड्का, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदी, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, जिल्ला कफी उत्पादन संघका अध्यक्ष युवराज दर्नाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा शिलढुङ्गा सामुदायिक वन समूह धनकुटाका संस्थापक सदस्य धनकेशसर खड्का, भालुखोप सिंहदेवी सामुदायिक वन समूह छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष होम बहादुर वाडा, सुकेपोखरी संसारी माई सामुदायिक वन समूह धनकुटाका अध्यक्ष परशुराम मल्ल, साबिक मुत्र्रिढुङ्गा गाउँ महासंघका अध्यक्ष, महालक्ष्मी न।पा। वडा नं।८ र ९ का प्रतिनिधि हिकमत भण्डारीलाई सम्मान गरिएको थियो ।
अध्यक्षमा पुनः थापा
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ धनकुटाको सातौँ जिल्ला अधिवेशनको बन्द सत्रले पुनः अध्यक्षमा नीलबहादुर थापालाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा दोधराज वाँस्तोला, सचिवमा चन्द्र कुमारी चेम्जोङ, सह–सचिवमा ठगेन्द्र प्रसाद अधिकारी, कोषाध्यक्षमा कल्पना थापालाई चयन गरिएको छ ।
२५ सदस्सीय जिल्ला कार्य समितिको सदस्यहरूमा दुर्गा वहादुुर थापा, यज्ञ बहादुर राई, हिकमत भण्डारी, सुवर्ण कार्की, रीता राई,रामु राई, दिलमाया राई, निर्मला सुवेदी, लिला पराजुली, निर्मला श्रेष्ठ, नारायण दर्नाल, तारा गिरी, श्यामकुमार राई,गणेश तुम्सा,भिमवहादुर कार्की, रमला राई रहेका छन् ।
त्यसै गरी तिन सदस्यीय न्यायिक समितिको संयोजकमा प्रर्मिला भट्टराई, तिन सदस्यीय अनुगमन तथा विकास समितिको संयोजकमा दुर्गा बहादुर न्यौपानेलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष नीलबहादुर थापाले जानकारी दिएका छन् ।