देउराली ।  शनिवार हरियाली सब स्टेसनबाट विद्युत् प्रसारण हुने सम्पूर्ण क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । 

धरान १९ स्थित हरियालीमा रहेको  ३३ र ११ केभी सबस्टेसनमा रहेको पुराना ब्याट्री तथा तिनका चार्जर  बिग्रिएकोले त्यसको मर्मतका गर्नु पर्ने भएकाले उक्त सब स्टेसनबाट प्रसारण हुने विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणको धरान वितरण केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार शनिवार (भोलि) धरान उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्र तथा वराहक्षेत्र नगरपालिकाको १ र २ नम्बर वडाका आंशिक क्षेत्रहरूमा बिहान ९ बजे देखी ११ बजे सम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।