देउराली । धरान नगरप्रमुख हर्कराज राईलाई पत्रकार सङ्गठनल चुनौती दिएका छन् ।

  पत्रकारलाई गरेको अमर्यादित र अशिष्ट व्यवाहारका विरुद्ध प्रेस सङ्गठनहरूले  प्रमुख राईलाई विज्ञप्ति निकाल्दैै चुनौती दिएका हुन् । शुक्रबार विभिन्न ५ प्रेस सङ्गठनहरूले नगरप्रमुख राईको पत्रकारप्रतिको व्यवहारविरुद्ध संयुक्त विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी नेपाल, सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टर नेपाल सुनसरी, अध्यक्ष तिर्थ कार्की र समाजवादी प्रेस सङ्गठन सुनसरी अध्यक्ष प्रेम बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । प्रेसको गरिमा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली प्रेस तयार रहेको भन्दै तत्काल आम रुपमा माफि माग्न चुनौती दिएका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारका पक्षमा निरन्तर सङ्घर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा समूहको धम्कीबाट विचलित नहुने पनि नगर प्रमुख राईलाई स्मरण गराएका छन् ।

विज्ञप्तिमा नगर प्रमुख राईलाई अभिव्यक्ति फिर्ता लिएर माफी माग्दै प्रेस स्वतन्त्रतासम्बन्धी स्थापित विश्वव्यापी मान्यताको सम्मान गर्नसमेत सङ्गठनहरूले माग गरेका छन् ।

स्वतन्त्र सञ्चार र पत्रकारको सुरक्षाप्रति आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । राईको व्यवहार र कार्यशैलीले कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवार उनैले राई लिनु पर्ने पनि स्पष्ट पारेको छन् । विप्तिमा ‘धरान नगर प्रमुख राई (साम्पाङ) ले पत्रकारमाथि पटक–पटक दुर्व्यवहार गरेकामा गम्भीर ध्यानाकर्षण भएको छ ।’ राईले. आफ्ना कामप्रति आलोचनात्मक टिप्पणी गरी समाचार र लेख लेख्ने सबैलाई ‘दलका पत्रकार’ भन्दै अमर्यादित र अशिष्ट शैलीमा सामाजिक सञ्जालमा तथानाम गाली गर्ने गरेका छन् ।

उनले आफ्ना समर्थकहरूलाई पनि उत्तेजित बनाउँदै गालीगलौज गर्न उक्साउने काम लामो समयदेखि गरिरहेको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘आफू अनुकूल समाचार नलेखेको र आफ्नो अगाडि पछाडि नहिँडेकै आधारमा गालीगलौज गर्ने उनको शैलीबाट प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको हामीले अनुभूति गरेका छौं’ भनिएको छ ।

इटहरी– धरान सीमा विवादबारेको पत्रकार सम्मेलनमा समाचार सङ्कलनका लागि पुगेका ग्यालेक्सी फोर के टिभिका बैशाख १४ गते  र कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार सङ्कलन गर्न पुगेका ब्लाष्ट दैनिकका पत्रकारलाई मेयरले दिएको अभिव्यक्ति निन्दनीय, खेदजनक र भर्त्सनायोग्य भएको ठहर गरेका छन् ।

नगर प्रमुख राईको शैली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।