धरान । सुनसरीको इटहरीस्थित सहारा नेपाल सहकारी संस्था लिमिटेडले केही सदस्यको कर्जा मिनाहा गरी उल्टै रकम प्रदान गरेको छ ।
इटहरी–२ स्थित संस्थाका सदस्य धनमाया मगरको परिवार र अर्का सदस्य तारादेवी कार्कीको परिवारलाई कर्जा मिनाहा गरिदिएको हो । मगरको कर्जा मिनाहा गर्दै नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
त्यस्तै पति गुमाएकी तारादेवी कार्कीलाई पनि कर्जा मिनाहा गर्दै २० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । यस्तै बिमा रकम १ लाख ५२ हजार ५ सय ४३ रुपैयाँ वितरण गरिएको छ । त्यसैगरी सफल उद्यमी ३ जना सदस्यलाई पुरस्कृत गरेको छ ।