धरान ।  धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान–१८ आसपास कार्यरत टेम्पो तथा ई–रिक्सा चालकहरूको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन टेम्पो तथा ई–रिक्सा इकाइ कमिटी गठन गरेको छ ।

आइतबार धरान–१८ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा चालकहरूको भेलाले चन्द्रबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डिल्लीबहादुर लिम्बू, सचिवमा घनश्याम आचार्य, सह–सचिवमा सोभित राई र कोषाध्यक्षमा विजयकुमार राई रहेका छन् ।

त्यस्तै सदस्यहरूमा प्रशान्त शाही, निलन राई, जीवन राई, सुरेश लिम्बू, तेज प्रधान, मनकुमार राई, राजकुमार तामाङ, श्यामकुमार राई, सिंहबहादुर लिम्बू, दुर्गामान तामाङ र श्याम राई रहेका छन् । भेलाले घोपा क्याम्पअघि टेम्पो पार्किङ, भानुचोकको टेम्पो पार्किङ, धरानमा उत्पन्न ट्राफिक समस्या तथा समग्र धरानमा उत्पन्न भएको पार्किङलगायत समस्याको समाधान खोजिने निर्णय गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख उपस्थितिमा कमिटी गठन भएको हो ।