नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सचिव यमाझीलाई पदबाट निलम्बन गरिएको जानकारी गराएका छन् । अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई यमाझीलाई पदबाट निलम्बन गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
विज्ञप्तिमा राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नु पर्ने भन्दै, कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानूनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्ति स्यमकाे रहेकाे एमालेकाे मान्यता रहेकाे बताइएकाे छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत्रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो ।’
पक्राउ पुर्जी जारी भएपछि राममाझी फरार छन् ।