देउराली । संसदमा नेपाली काँग्रेसकी नेत्री आरजु राणा देउवा आफ्नो नाम मुछेर सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणको भनिएको अडियो  विरुद्ध उजुरी दिन जाँदा प्रहरी अलमल गरेको बताएकी छिन् । 

उनले संसदमा बोल्दै भनिन्, ‘मैले ६ दिन अगाडि शरणार्थी प्रकरणमा संलग्न भएको भनेर आएको अडिओ फरेन्सिक टेस्टको लागि सीआईबी र साइबर क्राइम सेलमा दिएको थिएँ । साथीहरूले विश्वास गर्न मान्नुहुन्न होला दर्ता गर्न पनि मानिएको थिएन सत्ता पक्षको ठुलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो दर्ता गराउन । त्यसको पनि गृह मन्त्रालयबाट जवाफ चाहन्छु त्यो अलमल किन थियो ।’


नेत्री आरजुले सञ्चारमाध्यममा चरित्र हत्या गर्ने गरीको फेक न्युज र फेक मिडियाहरूको सरकारले छानबिन गर्नु पर्ने भन्दै कसैले कसैको चरित्र हत्या गर्नु भन्दा अगाडी हजार पटक सोच्नु पर्ने बताइन् । 

उनले नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचारले देशलाई लज्जित  गराएको भन्दै उकत घटनामा संलग्न जो कोहीलाई पनि कडा भन्दा कडा कारबाही  गरिनु पर्ने धारणा राखेकी छन्  । 

उनले महिलाले राजनीतिमा आउँदा धेरै कुरा व्यहोर्नुपर्ने देखिएको बताइन् ।