नक्कली भुटानी शरणार्थी प्रकरण, क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्दीय कमिटीको बैठकले माग गरेको छ ।
जेठ १ गतेबाट बसेको केन्द्रीय कमिटीको बैठकले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले पार्टीलाई पूर्णतः नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति गर्ने रणनीति र कार्यनीति अवलम्बन गरिने उल्लेख गरेको छ । आगामी पाँच वर्षभित्रमा मुलुकको नेतृत्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्य निर्धारण गर्दै नवीन राप्रपाको अवधारणा पारित गरेको छ ।
राप्रपाले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने र सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने समेत निर्णय गरेको छ । पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्ति हर्नुहोस्ः