इनरुवा । सशस्त्र प्रहरीबाट दुव्र्यवहारमा परेको भन्दै तीन महिलाले इनरुवामा पत्रकार सम्मेलन गरी गुनासो पोखेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले आफूहरूले भारतबाट वैधानिक तवरले सामान ल्याउँदासमेत सशस्त्र प्रहरीको दुव्र्यवहारमा परेको भन्दै दुःखेसो पोखेका हुन् ।

सुनसरी इटहरीकी भगवतीकुमारी माझी, लक्ष्मी शर्मा र गीता सरदारले पत्रकार सम्मेलनमार्फत् देवानगञ्ज बेस क्याम्पका सशस्त्र प्रहरीउपर दुव्र्यवहारको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा उनीहरूले भने, ‘हामीहरू सामान्य व्यापारी हौं । भारतबाट सरसामान किनेर ल्याएका थियौँ । जसको नेपालतर्फ भन्सार समेत कटायौं । त्यसका बावजुद सशस्त्रले दुःख दियो । सामान नियन्त्रणमा लियो । अपशब्द प्रयोग गर्दै दुव्र्यवहार ग¥यो ।’ पत्रकार सम्मेलनमा गीता सरदारले भनिन्, ‘भन्सारको बिल देखाउँदासमेत सामानसहित नियन्त्रणमा लियो । मापसे गरेका सशस्त्रले अपशब्द प्रयोग गरे । हातपात गर्दै दुव्र्यवहार गरे ।’

यसबारे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीमा बुझ्दा महिलाहरूले लगाएको आरोप निराधार रहेको जनाएको छ । गणका डिएसपी प्रेमप्रसाद सिग्देलले सरसामान नियन्त्रण, अनावश्यक दुःख तथा दुव्र्यवहार भएको भनिएको आरोपको वास्तविकता भने भिन्न भएको बताए । डिएसपी सिग्देलका अनुसार उक्त महिला समूह लामो समययता भारतबाट सरसामान नेपाल भिœयाएर कारोबार गर्ने कार्यमा सरिक छ । घटना भएको दिन उक्त समूहले भन्सार छलेर ठूलो मात्रामा कपडा नेपाल भिœयाएको थियो । डिएसपी सिग्देलका अनुसार भारतबाट ल्याइएको कपडाको परिमाण ठूलो भएको र भन्सार भने थोरैको मात्र कटाएको पाइएकाले राजश्व छली गरेको देखिएको हुँदा सशस्त्रले सरसामान नियन्त्रणमा लिई कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको हो । अन्य आरोप केवल झुटो र कपोलकल्पित मात्र हो ।

पत्रकार सम्मेलनमा उनीहरूले उक्त घटनाको जाहेरी दिन प्रहरी कार्यालय पुगेको बताए । तर, प्रहरीले जाहेरी नलिएपछि पक्रकार सम्मेलन गर्न बाध्य भएको जनाएका थिए । पत्रकार सम्मेलनमा पीडित बताउने महिलाहरूले प्रहरीमा दर्ता गराउन चाहेको जाहेरी पत्रसमेत देखाएका थिए । जाहेरीमा सुनसरी देवानगञ्ज बेस क्याम्पका सशस्त्र प्रहरी दर्जा थाहा नभएको तुलसी चौधरी र डिएसपी विजय चौधरीसहित नाम थाहा नभएका अन्य तीन जना कसूर गर्ने व्यक्ति रहेको भनी उल्लेख गरेका छन् ।