भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताएका छन् ।

'शिखर सम्मेलनमा  भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,' शनिबार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भारतीय कुटनीतिज्ञलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भने – 'जी २० शिखर बैठकमा विश्वका नेताहरूलाईं एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ ।' 

अमेरिकी साथ र सहयोगका लागि वासिङ्टनलाई श्रेय दिँदै विदेशमन्त्री जयशङकरले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताए । 

गान्धी जयन्तीको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा उनले महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जी २० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेका बताए। संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने प्राचीन परम्पराप्रति उनको लगाव रहेको विदेशमन्त्रीले उल्लेख गरेका छन्।