धनकुटा । धनकुटाको छथरजोरपाटी युवा सङ्घ नेपालको दोस्रो पालिकाअधिवेशनबाट चन्द्रसारु मगर अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न युवा सङ्घ नेपालको दोश्रो छथरजोरपाटी धनकुटाको गाउँपालिका अधिवेशनले सारुलाई सङ्घको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सङ्घको उपाध्यक्षमा प्रसिद्धिका श्रेष्ठ, सचिवमा लोचन लिम्बु, सह सचिव वाङ्गदी शेर्पा, सह–सचिब कमल लिम्बु  र कोषाध्यक्षमा इन्दिरा लिम्बुलाई सर्वसम्मत चयन गरिएको एमाले नेता फूर्वा घिसिङ तामाङले जानकारी दिए ।

सङ्घको ३१ सदस्सीय गाउँपालिका किमिटीको सदस्यहरुमा सीता लिम्वु, काजीमान कटुवाल, खगेन्द्र कार्की, विनिता मगर, प्रकास गुरुङ्ग, छिरिङ्ग शेर्पा, सुन्दर कट्टेल, विक्रम भट्टराई, कान्छीमाया लिम्वु, शंकर लिम्वू, थर्क वहादुर लिम्वू, विजयी लिम्वू, रोशन लिम्वू, एन्तरसिंह भूजेल, सुजन विष्ट, प्रविज विष्ट  र प्रेन विष्टलाई चयन गरिएको नेता घिसिङले जनाकारी दिएका छन् ।

यूवा पालिका भेलाको उद्धघाटन सत्रमा एमाले केन्द्रिय सदस्य शकुन्तला बस्नेत, नेताहरु शेरवहादुर लिम्वू, वलदिप राई, टेक बहादुर घिसिङ, इन्द्र सारु मगर, फूर्वा घिसिङ तामाङ लगायतले सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महिला ५ र दलित तिन जनालाई पछि मनोनयन गर्ने गरी ३१ सदस्सीय यूवा संघ नेपालको छथरजोरपाटीमा संगठन विस्तार गरिएको एमाले प्रदेस कमिटि सदस्य वलदिप राईले बताएका छन् ।