धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्च नेपालको धरान–८ वडा कमिटी गठन गरिएको छ ।
शनिबार सम्पन्न भेलाले रामकुमार लिङ्देनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षहरूमा धनबहादुर तामाङ, दीपा श्रेष्ठ, मेहेरमान सिङ्जाङ्गो, सचिवमा अस्मिता राई, सह–सचिवमा विष्णु लिम्बू, कोषाध्यक्षमा सीता राई र सह–कोषाध्यक्षमा श्याम क्षेत्री चयन भए ।
यसैगरी सदस्यहरूमा टङ्कमाया भुजेल, शोभा तामाङ, दीपा राना मगर, अजित राई, पविन राई, दुर्गा तामाङ, राम सेरेङ रहेका छन् । यस्तै उमा तामाङ, उमा दर्जी, गोपाल दर्जी, रामबहादुर तामाङ, प्रदीप राई, अजय तलामी, दिलमाया चोङ्बाङ, निता लिम्बू, कुमारी खापुङ र सावित्री श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उप–महासचिव एवम् जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले देश भ्रष्टाचारको दलदलमा फसेका कारण नेपाली जनता राजनीतिक दलप्रति निराश बनिरहेको बताए । उनले यस्ता विषयमा राजनीतिक दलहरू पनि किन बोलिरहेका छैनन् भन्दै प्रश्न गरे । उनले भने, ‘कुनै राजनीतिक दल नबोल्नुमा कतै केही रहस्य त छैन ?’ उनले कोशी नाम खारेजीको आन्दोलन सशक्त बनाउने बताए । उनले कोशी नाम खारेज नगरेसम्म आन्दोलन जारी नै रहने बताए ।
कार्यक्रममा जिल्ला अध्यक्ष राजकुमार लिम्बू (प्रिन्स)ले जिल्लाका विकासे योजनामा स्थानीय जनतालाई थाहा दिनुपर्ने र जनताको अपेक्षाअनुसारको विकास हुनुपर्ने बताए । कार्यक्रममा धरान–१६ का अध्यक्ष शेरबहादुर तुम्बाहाङ्फे, इटहरी नगर अध्यक्ष भीम खजुम, धरान नगर उपाध्यक्ष एन.के. फर्लान, जिल्ला उपाध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर ३ का इन्चार्ज विनोद लिम्बूलगायतले शुभकामना दिएका थिए ।