सञ्चारको प्रारुप सुरुवात गरेको हुलाक सेवा सन्चारको विकाससँगै सीमित भएको आम जनमानसको बुझाइ छ । तर हुलाक सेवाको दायित्व झनै बढेको छ । 'अब हुलाकको काम छैन' भन्ने आम धारणा हुलाकले चिर्न सकेको छैन । यद्यपि हुलाक सेवाको विस्तार बढ्दो छ ।

१४९ औं विश्व हुलाक दिवसका अवसरमा जिल्ला हुलाक सुनसरी धरानले पुराना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । दिउँसो २ बजेपछि औपचारिक कार्यक्रम गरी कर्मचारीलाई पुरस्कृत गर्ने हुलाक अधिकृत कृष्णकुमार कार्की ढोलीले जानकारी दिए ।

यस्तै आजका दिनमा जिल्ला हुलाक सुनसरीले पहिलो सेवाग्राहीका रुपमा हुलाक टिकट किन्ने धरान १८ का विष्णुकुमार राईलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको छ ।

Sunsari jilla hulak

चिट्ठी आदानप्रदानबाहेक पार्सल सेवा, डाक सेवा, इएमएस (द्रुत) सेवा, पोस्टबक्स सेवा, सन्चारमाध्यम अनुगमन, सरकारी कार्यालयको सूचना केन्द्र, एक सय वाटसम्मका एफएम रेडियो नवीकरण, प्रेस कार्ड वितरण, वर्गीकृत पत्रपत्रिकाको भूक्तानीलगायतका सेवा दिंदै आएको छ । अनलाइनमार्फत कार्यसम्पादनले हुलाक प्रविधिमैत्री भएको देखिन्छ ।

हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।  सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय  हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।

नेपाल सरकारले बजेट भाषणमा अतिरिक्त हुलाक खारेज गर्ने र एक पालिका एक हुलाक बनाउने नीति ल्याएको छ ।  सन्चार तथा सूचना प्रविधि  मन्त्रालयले अर्को सूचना नआउन्जेल कामकाज गर्नु भने पनि हालसम्म काम गरिरहेका कर्मचारीले गत साउनदेखि तलब सुविधा पाउन सकेका छैनन् ।
देशभरका हजारौं कर्मचारीले मारमा परेको बताउँदै आएका छन् ।