धरानको सेउतिर सर्दु खोला छठ पर्वले सिङ्गागारिएको छ। छठको व्रत बस्ने व्रतालुहरुको निकै बाक्लो उपस्थिति देखिएको छ।यो पर्व पहिले तराईवासीले मात्रै  मनाउने गरे पनि अहिले भने यो पर्वलाई अन्य समुदाय र जातिले समेत मनाउने गरेका छन्।  

IMG20231119170232

व्रतालुहरु आज निराहार वर्तबस्ने र साझँपरेपछि खोलाको किनार ,तलाउमा गएर अस्ताउँदो सूर्यलाई पुजागरि विभिन्न प्रकारका फलफुल पानिमा डुबाएर सूर्यलाई चढाउन्छन। छठ पर्वमा भगवतीको पूजा अर्चना गरि भाकल गरेको मनकामना पुरा हुने धार्मिक विश्वास रहेको छ। 

पहिले तराईमा मात्रै मनाईने छठ पर्व अहिले भनेपाहाडी जिल्लामा समेत मनाउने गरेको पाईन्छ।भोली विहान पुन सोहि  खोलाको किनार  गएर उदाँउदो सूर्यलाई पूजा गरि अर्घ दिएपछि व्रत समाप्त  हुने धार्मिक मान्यता  रहेको छ।