धरान । मोरङको विराटनगर महानगरपालिका–४ जामुनगाछीस्थित युवाहरूको संस्था ‘हामी सबैको युनाइटेड युथ’ ले मानव सेवा आश्रमलाई खाद्य सामग्री वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच विराटनगर–३ स्थित आश्रमलाई १८ हजार मूल्य बराबरको खाद्य सामग्री उपलब्ध गराएको संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । उनका अनुसार एक सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन बिस्कुट, १० केजी फलफूल र ८ केजी आँटा उपलब्ध गराएको हो । संस्थाले देउसीभैलो कार्यक्रम गरी सङ्कलन गरेको रकमबाट खाद्य सामग्री दिएको उनले जानकारी दिए ।