धनकुटा । धनकुटामा एक घरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ ।
आइतबार दिउँसो धनकुटा नगरपालिका–५ कर्मीटारका विश्वबन्धु थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । घरनजिकै रहेको गोठमा खोले पकाउने क्रममा सल्केको आगोबाट घरायसी सामानहरू लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, गाई गोठ र पराल गरी जम्मा ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर अनिलकुमार साहले जानकारी दिए ।