धरान । सुनसरी इटहरीको गोक्यो स्कुलले प्रहरीको सहकार्यमा विद्यार्थीहरूलाई जानकारीमूलक कार्यक्रम आयोजना गरेको छ ।\
इलाका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर कार्कीले जानकारीमूलक भिडियो तथा आफ्ना अनुभवहरू शेयर गरे । समाजमा हुने गरेका विभिन्न अपराध र कुलतलाई कम गर्न विद्यालय तहबाटै यस्ता कार्यक्रम आयोजना हुनु आवश्यक रहेको बताए ।
सामाजिक सञ्जालको गलत प्रयोग र दण्ड, यौनजन्य क्रियाकलाप र कसरी बच्ने, गुड टच लरब्याड टच, लागूऔषधको प्रयोग र असर, शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिकालगायत विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको थियो ।
समयसँगै देखिएका विभिन्न चुनौती र समस्यालाई निराकरण गर्न र असल नागरिक बन्नमा यस्ता कार्यक्रमले महŒवपूर्ण भूमिका खेल्ने विद्यालयका शिक्षक शिव श्रेष्ठले बताए । आफ्ना कर्तव्य, भूमिका र कानूनका विषयमा विविध जानकारी प्राप्त भएको कुरा कक्षा १० की छात्रा प्रियङ्का भुजेलले बताइन् ।