इटहरी । सुनसरीकाेइटहरी उपमहानगरपालिका शनिबार मध्यरात आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी ६ वीपी चौककी ५२ बर्सिया गोपीमाया कटुवालको शनिबार मध्यरातमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  आगलागीबाट महिलाको कोठामा भएका सबे सामान जलेर नष्ट भएको इटहरी प्रहरीलाई उदृद गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार महिला लामो समयदेखि डिप्रेसनको शिकार भएको र घटनाको प्रकृिती हेर्दा आफैले आगो लगाएको जस्तो देखिएको छ । महिलाको शव पोस्टमार्टमको  धरानस्थित बिपी प्रतिस्ठान लगिएको इटहरी प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

aago lagi1