धरान । सुनसरी सुनचाँदी व्यवसायी सङ्घको आठौँ अधिवेशनले राजेश श्रेष्ठको अध्यक्षतामा सोमबार नयाँ कार्यसमिति चयन गरेको छ ।
सङ्घको धरान–२ स्थित मेरीगोल्ड गल्लीमा आयोजित अधिवेशनले समितिको उपाध्यक्षमा रोहन हाडा, सचिवमा अमेत श्रेष्ठ, सह–सचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा विजयकुमार अग्रवाल चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा उमितकुमार विश्वकर्मा, लालप्रसाद लिम्बू, रूपक शाक्य, कयात श्रेष्ठ, विद्या शाक्य, पङ्कज अग्रवाल र श्याम रसाइली रहेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष मोहनकाजी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत किसन मास्के रहेका थिए ।
यस्तै निर्वाचन मण्डलका सदस्यमा सुनिल अग्रवाल र शरदरत्न पार्थिव रहेका थिए । निर्वाचन अधिकृत मास्केका अनुसार थप दुई सदस्य मनोनित गरिनेछ । संस्थाको २२ औँ वार्षिकोत्सव पनि एकसाथ सम्पन्न भएको थियो ।