धरान। युएन कलेजले आयोजनामा सम्पन्न एस.ई.ई आईडलको चौथो संस्करणका बिजेता धरान आद्रश बोडिङ स्कुलकी कुसुम माझी र मेरिल्याडकी डिना चौङ्बाङ बनेका छन् ।
आज धरानमा सम्पन्न एसईई आइडल गायन तथा नृत्य प्रतियोगितामा उपाधि जित्दै उनिहरुले जनही नगद ५० हजार रुपैयाँ पाए । त्यस्तै कक्षा ११ र १२ मा सतप्रतिशत छुट प्राप्त गरे। यस्तै नृत्य र गायनतर्फ दोस्रो बनेका छन्।सुनखरीएकेडेमीका अमित राई, नृत्यतर्फ सुकुना मावि सुन्दरहरैचा मोरङकी कामना श्रेष्ठ दोस्रो बनेका छन्। उनीहरुले जनही ३० हजार रुपैयाँसहित ट्रफी,प्रमाणपत्र पाए। साथै ८० प्रतिशत छात्रवृत्ति पाएका छन् ।
यस्तै प्रतियोगितामा गायनतर्फ तेस्रो बनेकी छन् नेपाल पुलिस स्कुलकि निरुता सरु मगर भने नृत्यमा होलिल्यान्ड इङलिस स्कुल भद्रपुर झापाकी एलिसा राईका । उनीहरुले नगद जनही २० हजार रुपैयाँसहित ७० प्रतिशत छात्रवृत्ति पाए। फस्ट रनरफ नृत्यतर्फ युरेका मावि धरानकी पासाङ तामाङ र गायनमा निजामती स्कुल धनकुटाका सुजल थापा भएको
आयोजक एफटिएल अनलाइन टेलिभिजनका अध्यक्ष डम्बर तुम्बापोले जानकारी दिए । यस्तै फाइनलमा पुगेका प्रतिस्पर्धी अन्यले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी,मायाको चिनो पाएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।
धरानबाहिर पढ्न चाहने विद्यार्थीको हकमा भने काठमाडौँको मोडल कलेजमा छात्रवृत्ति पढ्न पाउने छन्। धरानमा भने युएन कलेजमा छुट पाउने जनाएका छन्। फाइनलमा पुगेकाहरुले भने ४० प्रतिशत छात्रवृत्ति पाउने छन्। कार्यक्रममा प्रमुख अथिति लोचन भट्टराईले विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउने उद्देश्य राम्रो भएको बताइन् ।
प्रतिस्पर्धामा करिब २३ सयजति सहभागी रहेका थिए । आइडलमा प्रदेश भरी धनकुटा ,झापा, मोरङ, इटहरीका प्रतिस्पर्धी रहेका थिए। एस.ई.ई कोरियो ग्राफर धरानकी गायनतर्फ निर्णायक बिकास लिम्बू,विनाय राई र जमुना राई रहेका थिए। त्यस्तैगरि नृत्यतर्फका निर्णायक धरान नृत्य प्रतिष्ठानका अध्यक्ष मणि राई,प्रितम सम्बाहाफे र प्रनिता तामाङ रहेका थिए।
नृत्य कोरियोग्रफी धरानकी केविका खत्रीले गरेकी हुन् । विशेष अथितीमा चर्चित गायिक अस्मिता अधिकारी समेत उपस्थिति रहेको थियो अतिथि धरान वडा नम्बर २ का वडाध्यक्ष रमेश राई लगायतको उपस्थिति रहेको थियो ।

































