धरान/झापाको बिर्तामोडस्थित कृषि ज्ञान केन्द्रले एक दिने जैविक तथा वनस्पतिजन्य विषादीको विषयमा किसानहरुलाई तालिम दिएको छ । 

हरियाली अर्गानिक तरकारी उत्पादक समूहको सहकार्यमा आयोजित तालिममा बिर्तामोड क्षेत्रका २५ जना किसानहरु सहभागी रहकेो समूहका सचिव चिरन्जीवी पौडेलले जानकारी दिए । तरकारी खेती गर्दा विषादीको प्रयोग गर्दा सावधानी अपनाउन पनि आग्रह गरे ।

बाली विनास गर्नसक्ने शत्रू जीवहरुलाई विस्थापित गर्ने र मित्र जीवहरुलाई आकर्षण गर्ने तौरतरिका अपनाउन प्रशिक्षक अञ्जु आचार्यले आग्रह गरिन् । रसायनिक विषादीको अत्यधिक प्रयोगले गर्दा प्राणघातक रोगहरु लाग्दै आएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । 

तालिममा सहभागीहरुलाई प्रतिव्यक्ति एक थान हजारी र दुई सय लिटर क्षमताको एक एक थान ड्रम पनि हस्तान्तरण गरिएको थियो । जैविक तथा वनस्पतिजन्य विषादीको प्रयोग बढाएमा त्यसले स्वास्थ्यसँगै वातावरणलाई पनि राम्रो गर्ने बताए ।

समूहका अध्यक्ष लोकनाथ मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहयोगी प्रशिक्षकमा गणेश बुढाथोकी र रोजिना पौडेल रहेका थिए । सहभागीहरुले आफूलाई प्राप्त भएको ड्रम तथा हजारीले कृषिजन्य कार्य गर्न राहत मिलेको बताए । 

बिर्तामोडबाट राजेश विद्रोहीको सहयोगमा