गायक तथा संगीतकार भिषण मुकारुङ राईकाे नयाँ गीत बाडुल्कीकाे भिडियाे सार्वजनिक भएकाे छ ।

भिषणकाे यसअघिको चर्चित गीत खाेर्सानी डल्लेकै भाग-३ का रुपमा बाडुल्की सार्वजनिक भएकाे छ । खोर्सानी डल्लेमा जस्तै बाडुल्कीमा पनि भिषणकै शब्द, संगीत र स्वर रहेकाे छ ।

एलिस राईले निर्देशन गरेकाे भिडियोमा एलिशसँगै माेडल एलिशा राई  र कलाकार कविता आलेले अभिनय गरेका छन् । दीपक गिरीकाे छायाँकन र अमृत चापागाईंले सम्पादन गरेकाे भिडियाे गायक भिषणकै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ । 

भिडियाे