हङकङमा बसोबास गर्दै आएका मोरङको उर्लाबारी नगरपालिकाका स्थानीयहरुको संस्था उर्लाबारी नगरपालिका परिवार हङकङ सांगीतिक कार्यक्रम उर्लाबारी शुभकामना साँझ आयोजना गर्ने भएको छ ।

अक्टोबर २६ मा ब्लु ओसन रेष्टुरेन्ट, जोर्डनमा आयोजना हुने सो सांगीतिक कार्यक्रममा नेपालबाट गायकहरु दीपक लिम्बु, डम्बर नेपाली र गायिका मेची धिमाल सहभागी भएर सांगीतिक प्रस्तुति दिने छन् ।