लायन्स क्लब अफ धरान ग्लाेरीले पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोगमा सुनसरीकाे झुम्का कारागारमा पुस्तकालयका लागि पुस्तक र दराज प्रदान गरेकाे छ ।
क्लबकि अध्यक्ष एकता श्रेष्ठकाे अध्यक्षता र काेशी प्रदेश प्रहरी कार्यालयका डिआईजी चन्द्रकुबेर खापुङकाे प्रमुख आतिथ्यतामा शनिबार २ सय ५० थान पुस्तक र दराज हस्तान्तरण गरेकाे हाे ।
झुम्का कारागार बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने उद्देश्यले पुस्तक तथा दराज हस्तान्तरण गरिएकाे अध्यक्ष श्रेष्ठकाे भनाई छ । उनले विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका असल पुस्तकको हुने विश्वासका साथ बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएको जानकारी दिईन् ।
पुस्तक हस्तान्तरण कार्यक्रममा सुनसरी ज़िल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, जेलर ध्रुर्व रिज़ाल लगायत उपस्थित थिए ।
त्यस्तै लायन्स क्लबका मल्टिपल जिईटि इन्द्र राजन खत्री, आईपिडिजी विजय हरि शर्मा, लगायत उपस्थित थिए ।
सहयोगी संस्था पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनी तथा संयोजक शिवजी श्रेष्ठले नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत पूर्वी नेपालका वासिन्दा आबद्ध रहेको समाजले आफ्नो मातृभूमिको लागि केहि गरौं भन्ने उद्देश्यले सहयाेग गर्दै आएकाे जानकारी दिए ।