भारत बिन्द्राबन । मंसिर  २० गते बेलुकी ईनरुवाबाट हिडेका फिरन्ते ग्रुप ईनरुवाका सदस्य राजन निरौलाको भारतको बिन्द्राबनस्थित हरिबोल आश्रममा मष्तिकघात भएको छ ।

निरौला ब्लाष्ट टाईम्स दैनिकका ईनरुवा संवाददाताका रुपमा लामो समयदेखि कार्यरत थिए। उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ । सदा बर्ष झै यसपालि पनि उक्त समुहबाट १६ जनाको टोली भारतको बिन्द्राबन गएका थिए ।

बिन्द्राबन कै हरिबोल आश्रममा बिहान ५:३० बजे साथीहरूले उनलाई उठाउन खोज्दा न उठेपछी स्थानिय केडि हस्पिटल लगेका थिए । र उनलाई मष्तिकघात भएको कुरा केडि हस्पिटलका न्युरो सर्जनले जानकारी दिए ।

साथै बेलुका ५:०० बजेसम्म शरिरको कुनै अङ्ग चलेमा उनको अप्रेशन गर्ने कुरा ग्रुपका सदस्य रमेश तिम्सिनाले बताए । बुबाको अवस्था बुझ्न काठमाडौ बस्दै गरेका  छोरा र भाइ पनि आज भारत हिडिसकेका छन् ।

संवाददाता निरौलाकाे शिघ्रस्वास्थ्य लाभको कामना गर्दै सबै साथीहरूले शिघ्रस्वास्थ लाभको कामना गरेको तिम्सिनाले बताए ।