धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय (पिपिओ) धरानले आयोजना गरेको दोस्रो इन्टर भूपू समितिबीच भएको भलिबल प्रतियोगितामा धरानको टिम विजयी भएको छ ।
दुई दिने प्रतियोगिताको फाइनल खेल बुधबार भएको थियो । विजेता तथा उपविजेता दुवै धरानका टिमलाई कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले मेडल र प्रमाण–पत्र वितरण गरे ।
प्रतियोगितामा उदयपुर, मोरङ, झापा, धनकुटा, सुनसरीका ११ टिमको सहभागिता रहेको थियो ।