विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वनमा शनिबार सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठको अध्यक्षतामा १० जनाको नयाँ कार्यसमिति चयन भएको छ । यसअघि  श्रेष्ठ  दुई कार्यकाल फोनिज मोरङका सचिव भइसकेका छन् ।

त्यसैगरी उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सह–सचिवमा सङ्गीता चाम्लिङ राई र राजेश राजवंशी तथा कोषाध्यक्षमा सुरञ्जन लिम्बू रहेका छन् ।  

त्यसैगरी  सदस्यहरूमा देवराज तामाङ, उषा सरदार, तृष्णा कुलुङ राई र सञ्जय राजवंशी चयन भएका छन् । फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला सम्मेलनको उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले गरेका थिए ।

कार्यक्रममा फोनिज सङ्घीय अनुशासन समितिका संयोजक अर्जुन जम्नेली राई, फोनिज सङ्घीय समिति  सदस्य सुजता लिम्बू, फोनिज कोशी प्रदेशका इन्चार्ज  भक्तशेर लिम्बू, सल्लाहकार फिपराज बेघा,  प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदीप कोइराला, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस सेन्टर नेपाल पूर्र्वी मोरङका अध्यक्ष सरोज बस्नेत, समाजवादी प्रेस सङ्गठन नेपाल  मोरङका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ प्रदेशका सचिव धु्रव भट्टराई, प्रेस मञ्च नेपाल मोरङ अध्यक्ष मुकेश यादव, नेपाल पत्रकार महासङ्घ मोरङका निवर्तमान कार्यवाहक अध्यक्ष मोहन भट्टराईलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा फोनिजका केन्द्रीय सदस्य सुजता लिम्बूलाई सम्मान गरिएको थियो । पहिचानको आन्दोलनमा समाचारको माध्यमबाट विशेष भुमिका खेलेको भन्दै लिम्बूलाई सम्मान गरिएको हो ।

सोही अवसरमा पथरीशचिश्चरे नगरभित्रका पर्यटन विकाससम्बन्धी सञ्चारकर्मीको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो । उक्त विषयमा फिपराज बेघाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

fonjmornag