धरान । नेवाः देय दबू सुनसरीको झुम्कामा आयोजित तेस्रो अधिवेशनले केदार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा महेशकुमार प्रधान, सुशीलकुमार शाक्य चयन भए । समितिको महिला उपाध्यक्षमा विमलादेवी राजभण्डारी चयन भइन् ।

यस्तै सचिवमा बुद्धिमान श्रेष्ठ र महिला सचिवमा सीता प्रधान साथै कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भए । यसैगरी सदस्यहरूमा विशाल श्रेष्ठ, गङ्गाकुमारी श्रेष्ठ, तेजकुमारी श्रेष्ठ, मन्सा प्रधान, मन्जुला श्रेष्ठ, शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ, कुमार श्रेष्ठ, कुष्णकुमार श्रेष्ठ, चक्र श्रेष्ठ, रोमप्रसाद शाही, दिलबहादुर श्रेष्ठ, दिलु श्रेष्ठ, प्रेमकुमार प्रधान छन् ।

त्यस्तै भोलामान श्रेष्ठ, मनमोहन श्रेष्ठ, मणिराम श्रेष्ठ, मित्रराज श्रेष्ठ, मुकुल कायस्थ, रमेश श्रेष्ठ, शम्भुकुमार श्रेष्ठ, हरिप्रसाद शाही चयन भएको प्रमुख निर्वाचन अधिकृत सोमबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिहरूमा राजेशमान श्रेष्ठ, मनिष खड्गी, वसन्तकुमार श्रेष्ठ, रहिसा कसजू, शीला श्रेष्ठ निर्वाचित भए । राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा आयुशा शाक्य, केदारकुमार श्रेष्ठ, मनिष खड्गी, श्यामाकुमारी श्रेष्ठ र सीता प्रधान निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।