धरान । पूर्व क्षितिज प्रकाशन प्रा.लि.का अध्यक्ष डिल्ली सुब्बा कन्दङ्वाको ६४ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।
जेठा छोरा देवराजका अनुसार बुधबार बिहान ६ बजेतिर निधन भएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ कर्जुनाबासी अध्यक्ष सुब्बा लामो समयदेखि मधुमेह रोगबाट ग्रसित थिए । तर पछिल्लो दुई वर्षयतादेखि मिर्गौलामा पनि समस्या देखिएको थियो । छोरा देवराजका अनुसार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा डायलाइसिस गराउँदै आएका थियौँ ।
‘आज बिहान ट्वाइलेट जाँदा एक्कासि ढल्नुभएछ । त्यसपछि त समस्या भयो । अस्पताल लगियो तर पनि बचाउन सकिएन’–उनले फोनसम्पर्कमा भने । उनका अनुसार करिब २५ वर्षअगिदेखि मधुमेह रोगबाट ग्रसित रहेका थिए । ‘सुगरकै कारण किड्नीमा पनि हानेछ, मुटुमा पनि हानेछ । त्यसपछि डायलाइसिस गराउँदै आएका थियौँ’–उनले भने ।
अध्यक्ष
सुब्बाको एक श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । कान्छा छोरा वैदेशिक
रोजगारीका क्रममा कोरियामा छन् भने जेठो र माइलो छोरा नेपालमै रहेका छन् ।
उनको आज (बिहीबार) बिहान सुनसरीको चतरामा अन्त्येष्टि गरिने परिवारिक
स्रोतले जनाएको छ ।