धरान। जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का एक वृद्धको ज्यान गएको छ ।

सोही ठाउँका ७१ वर्षीय हरिप्रसाद घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शुक्रबार राति छावासहित समुदायमा पसेको हात्तीले उपद्रो मच्चाउन थालेपछि भाग्ने क्रममा उनलाई आक्रमण गरेको हो । उक्त आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

माउहात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । यसअघि पनि उक्त क्षेत्रमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । गत पुस १५ गते सुन्दरहरैंचा नगरपालिका–५ निवासी ६० वर्षीया चन्द्रकुमारी लिम्बूको ज्यान गएको थियो । हात्तीका कारण उक्त क्षेत्र त्रसित बनेको छ ।