हङकङ । किरात राई यायोक्खा हङकङले यहि माघ ६ गते जनवरी १९ को दिन किरात नयाँ वर्ष यलेदोङ ५०८५, किराया हङकङ २७ औ स्थपना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
यायोक्खा ले यसलाई २० औ सामुहिक चुलो स्थापना दिवस र ९औ सुप्तुलुङ खिम (चुलो घर) दिवसको अवसर पारेर किरात राई साँस्कृतिक मेला २०२५ को आयोजना समेत गरेको छ ।
किराया हङकङले हङकङस्थित सानविन किलिचुङमा रहेको किराया हङकङको आफ्नै भवनमा सास्कृतिक उत्सव आयोजना गरिएको हो । सामुहिक रुपमा चुला पुजा गरेर उत्सव २०२५ मनाउन सुरु गरिएको थियो । उत्सवको अवसरमा किराया हङकङले हङकङमा रहेर उच्च शिक्षा हासिल गरेका तीर्सला राई र जय राईलाई सम्मानसमेत गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका अध्यक्ष किराया हङकङका अध्यक्ष गजेन्द्र राई र प्रमख अतिथि किराय हङकङ जेष्ठ नागरिक हितवहादुर राईले फेटा गुथेर सम्मान पत्र प्रदान गरि सम्मान गरे । उत्सवामा किराया हङकङका विभिन्न भाषिक संस्थाले विभिन्न सास्कृतिक परिकार र भेषभुषाहरुको स्टल राखेका थिए । उत्सवामा उपस्थितिहरुलाई मनोरन्जनका लागि हाउजि (तम्वोला) समेत खेलाइएको थियो ।
माघ १ माघे संक्राति किरात समुदायको नयाँ वर्ष यलेदोङ रहेकोले यसैलाई अधार मानेर किराया हङकङले वार्षिक रुपमा सास्कृतिक महोत्सव गर्दै आइरहेको अध्यक्ष गजेन्द्र राईले जानकारी दिए। हङकङमा रहेका किरात राई समुदायहरुमा हाम्रो भाषा, संस्कृति र पहिचानको महत्व, संरक्षण र पर्वद्धनका लागि उत्सव आयोजनाको सुरुवात गरिएको उनले बताए । किराया हङकङ सन १९९८ मा स्थापना भएको हो । सन् २०१६ मा हङकङमा रहेका किरात राईहरुले सहयोग संकलन गरि २.५ मिलियन हङकङ डलरमा भवन खरिद गरि सुप्तुलुङ खिम स्थापना गरिएको किराया हङकङका सचिव शिवकुमार राईले जानकारी दिए ।
कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि हितवहादुर राई, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ मकाउ अध्यक्ष भीम राई, किरात याक्थुम चुम्लुङ हङकङ अध्यक्ष श्यामकुमार इङनाम, सुनुवार सेवा समाज हङकङका प्रतिनिधि देवराज सुनुवार, किराया हङकङका भाषिक संस्थाका तर्फ वाट थुलुङ सामा हङकङका अध्यक्ष रामेलि थुलुङ, संरक्षकका तर्फ वाट हेजेन राई, सल्लाहकारहरुका तर्फबाट सुवास पुमालगायतले शभकामाना मन्तव्य राखेका थिए ।