धरान । पाहुना टोली भुटानको आरटीसी फुटबल क्लबमाथि लिग लिडर चर्च ब्वाइज क्लब काठमाडौँले ७–० गोलको फराकिलो स्कोर बनाउँदै उपाधि होडमा उक्लिएको छ ।
धरान रंगशालामा बुधबारको खेलमा आरटिसीमाथि एकोहोरो दबाव सिर्जना गरेको थियो । त्यसको प्रभाव गोल स्कोरमा पनि देखियो । सुरुवाती मिनेटबाटै दबावमा परेको भुटानमाथि चर्च ब्वाइजका विदेशी खेलाडी आमोन्ड बेइडोम र समिर तामाङले ह्याट्रिक पूरा गर्दा पदम भट्टराईले गोल गरे । खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी पाए ।
भोलि (बिहीबार) को अन्तिम सेमीफाइलन खेल साविक विजेता एनआरटी र भारतीय टोली युकेएफसीबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।