इटहरी । इटहरी उपमहानगरपालिका–२ मा रहेको माया घर नेपालमा एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार नाम, वतन नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत वैशाख १२ गते उर्लाबारी नगरपालिकाले बेवारिसे अवस्थामा हिँडडुल गर्ने महिलालाई माया घरमा संरक्षणका लागि ल्याएको थियो । करिब ६०–६१ वर्षको देखिने ती महिलाको हालसम्म आफन्त पत्ता लागेका थिएनन् ।
मृत्युको कारण नखुलेको र पोष्टमार्टमका लागि शवलाई धरानस्थित बीपी कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हवाईचोक प्रहरी बिटले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर
महेन्द्र पराजुलीले जानकारी दिए । लापरबाहीका कारण मृत्यु भएको हुनसक्ने
प्रहरीले जनाएको छ ।