बिर्तामोड । भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।
भद्रपुरस्थित मेची रङ्गशालामा बुधबार भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोलअन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० को स्थितिमा पु¥याए ।
त्यस्तै खेलको ४२ आँै मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिङ्गल खेल्दै गोल गर्न सफल भए । दार्जिलिङका गोलरक्षक सिंहसँग वानटुवान स्थितिमा उनले गोल गरेका थिए । खेलको ७२ आँै मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे । पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाव सिर्जना गरेको थियो । खेलको ५० औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे ।
खेलको ५५ आँै मिनेटमा नयन प्रधानले अर्काे गोल थपे । आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले गोल गरे । खेलको ७० औँ मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । खेलको ३४ औँ मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको शक्तिशाली प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर बचाउ गरे । ५३ औँ मिनेटमा आशिष चापागाईंले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन् ।
खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन । टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाव दिए पनि पहिलो खेलबाटै घर फर्कियो । खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान ग¥यो ।
खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपनि टिमले दोस्रो हाफमा दबावको सामना गर्नुपरेको बताए । उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको बताए । दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरुवातमै गोल खाएपछि दबाव झेलेको बताए । टिम सेट नभई गोल खानुले विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ । आज (बिहीबार) को खेल झापा ११ एफसी र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपको
विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र
मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च
लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताभरिको सर्वाेत्कृष्ट खेलाडी प्लेयर अफ
द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै उत्कृष्ट
गोलकिपर, उच्च गोलकर्ता, उदयीमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ ।
गोल्डकपका अध्यक्ष दीपेश ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा
उनले प्रतियोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख
गणेश पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।