बिर्तामोड। लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै झापा–११ एफसी झापाको भद्रपुरमा आयोजित ‘भद्रपुर झापा गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले चर्च ब्वाइजमाथि २–१ को नतिजा निकाल्यो ।
बी डिभिजन लिग खेल्ने तयारी गर्दै गरेको झापाले आफ्नै टोलीमात्र मैदानमा उतारेको थियो । तीनजना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजको फितलो प्रदर्शनले गर्दा पहिलो खेलमै पराजय व्यहोर्नु परेको छ ।
झापाले खेलको १४ औं मिनेटमा सुरुवाती अग्रता लियो । झापाका लागि एरोन थापाले गोल गर्दै टिमलाई १–० को स्थितिमा पु¥याए । चर्च ब्वाइजका गोल किपर अगाडि बढेको समयमा मैदानको मध्यभागबाट उनले प्रहार गरेको भली सट गोलमा परिणत भएको थियो । एक गोल खाएपछि चर्च ब्वाइजले दबावको सामान गरेको थियो । खेलको ४१ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल फर्कायो । पेनाल्टी एरिया नजिक पाएको फ्रि किकलाई एरिक विष्टले प्रहार गरेका थिए । उनको फ्रि किकमा विक्रम धिमालले गोल गरेका थिए ।
पहिलो हाफमा १–१ को बराबरी खेलेको झापाले दोस्रो हाफको ७९ औं मिनेटमा अर्काे गोल थप्यो । चर्च ब्वाइजका गोलरक्षक कुशल मोक्तानले क्लियर गर्न नसकेको बललाई झापाका डिफेण्डर पेमा तामाङले पोष्टको दिशा दिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पेमा लामा घोषित भए । उनले नगद २१ हजार रुपैयाँ पुरस्कार पाए । आइतबारको क्वार्टर फाइनल खेल न्यु रोड टिम काठमाडौं र काउन बजार बङ्गलादेशबीच हुने आयोजकले जनाएको छ । घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको २४ औँ मिनेटमा प्रदीप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका गोलकिपर मोक्तानले नियन्त्रणमा लिए । खेलको ३२ औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडर क्रसबार माथिबाट बाहिरियो ।
खेलको ३७ औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोके । खेलको ३१ औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गर्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किएको छ ।
खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापाका प्रशिक्षक अङ्गुरकुमार खड्गीले बी डिभिजन लिगको लागि तयारी गरिरहेको सेट टिम भएका कारण खेलमा तालमेल मिलेर जित हासिल गर्न सकिएको बताए । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले टिमका महŒवपूर्ण खेलाडीहरू नेपाल सुपर लिग खेल्नका लागि बिदामा रहेका कारण अपेक्षित प्रदर्शन गर्न नसकिएको बताए । उनले चर्च ब्वाइजका मुख्य खेलाडीहरू टिममा नरहेका कारण झापामाथि जित निकाल्न नसकिएको उनको भनाइ थियो ।