वराहक्षेत्र  /  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा वडा नं. २ र ३ विजयी भएका छन ।

नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा वडा २ ले वडा नं ११ लाई १–११ गोल अन्तरले पराजित गर्दै जित निकालेको छ । 

वडा नं. २ वडाका दिपेश तामाङ्गले ४ गोल गरेर म्यान अफ द म्याचसमेत घोषित भए ।  त्यस्तै सोमवार नै भएको दोस्रो खेलमा वडा नम्बर ९ ले पहिलो संस्करणको उपाधि बिजेता वडा नं ३ लाई १–० को अन्तरमा जित निकालेको छ । 

जितसंगै वडा २ र ९ ले प्रतियोगितामा तीन/तीन अङ्क जोडेका छन् । लिग फम्र्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत मङलबार पहिलो खेल वडा नं ७ र वडा नं ८  तथा दोस्रो खेल वडा नं १  र वडा नं. ६ का बिच हुने आयोजकले जनाएको छ ।