पथरी/ नेपाल पत्रकार महासंघ मोरङको अध्यक्ष पदमा प्रेस चौतारीका बन्धु पोखरेल विजयी भएका छन् । शनिबार भएको महासंघको मतदानमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका अध्यक्ष पोखरे भारी मतले विजयी भएको हो ।
पोख्रेलले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त गठबन्धन प्यानलका अध्यक्ष अन्नतराज न्यौपानेलाई १८ मतको अन्तरले पराजित गरेका हुन् । पोखरेलले ९५ र नेउपानेले ७७ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका कुमोद अधिकारी विजय भएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका उपाध्यक्ष नवराज कट्टेललाई ३ मतको अन्तरले पराजित गरेका हो । अधिकारीले ८५ र कट्टेलले ८२ मत ल्याए । त्यस्तै महिला उपाध्यक्षमा दुवै प्यानलका ईन्दिरा भट्टराई र सुशिला पाठकले ८३–८३ मत ल्याए पछि नतिजा दुवै उमेदवारसँग छलफल पछि निणर्न दिने निर्वाचन आयोगले जनाएका छन् ।
महासंघको सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका अर्जुन आचार्य विजय भएका छन् । प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका सुभाष कार्कीलाई २३ मत अन्तरले पराजित गरेका छन् । आचार्यले ९५ मत र कार्कीले ७२ मत ल्याएका थिए ।
त्यसैगरी खुल्ला सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सन्तोष राई ८९ मत ल्याइ विजयी भएका छन् । प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका किरण न्यौपानेलाई ६८ मत र स्वतन्त्रका इश्वरी भट्टराई १४ मत ल्याएका थिए । त्यसैगरी समावेशी सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सत्यनारायण शर्माले १ सय २ मत ल्याइ विजयी भएका छन् । शर्मााका प्रतिदोन्दी प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका जितेन्द्र ठाकुरले ६६ मत ल्याए । कोषाध्यक्षमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सन्तोष सिग्देलले १ सय २ मत ल्याइ विजयी भएका छन् भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका अरविन्द मेहताले ६५ मत ल्याएका थिए ।