इटहरी । सुनसरीको इटहरीस्थित जनता बस्तीको पिपल चौकमा बिहीबार दिउसो बम बिस्फोट भएको छ । एमालेको चुनावी प्रचार तथा सभालाई लक्षित गर्दै बम बिस्फोट भएको बताएपनि पुस्टी भएको छैन । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य कुमार राउतका अनुसार बम बिस्फोटका कारण केही स्थानीयहरूको घरमा सामान्य क्षती भएको छ । चुनावी गतिविधी बिथोल्न कुनै अपराधिक गिरोहले बम बिस्फोट गराएको हुन सक्ने डिएसपी राउतले बताए । एमालेका सुनसरी क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्यका उम्मेदवार सर्वध्वज साँवाले बोलिसकेर पुर्व सांसद रेवती रमण भण्डारीले बोल्ने क्रममा बम पड्केको बताइएको छ । बिस्फोट लगतै उम्मेद्वार सावालाई प्रहरीले शुरक्षा घेरामा राखेको थियो । घटनापछि सो स्थानमा शुरक्षा ब्यवस्था कडा पारीएको छ भने नेपाली शेनाको बम डिस्पोजल टोलीलाई पनि अन्य बम हुने आशंकामा खटाइएको छ । इटहरी जनताबस्तीका स्थानीयका अनुसार एमालेले पहिले आम सभा गर्ने स्थानमा बिहीबार बम बिस्फोट भएको बताए । यता उम्मेद्वार सर्वध्वोज सावाले आफु सकुसल रहेको र प्रहरी शुरक्षा भित्र रहेको बताएका छन । पहिलाको ठाउमा कार्यक्रम गरेको भए बर्वाद हुने रहेछ धन्न अर्काे ठाउ गरीएछ सावाले भने ।बम बिस्फोट गराउने गिरोहको खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

सुनसरी १ का उम्मेदवार जयकुमार राईको घरमा बम विस्फोट