परिक्षा  नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पहिलो पटक ग्रेडिङ प्रणलीबाट प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विहीबार एसएलसीको नतिजा प्रकाशित गरेको हो । slcc परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यो बर्ष देखि पत्रिकामा नतिजा प्रकाशन नगरिएको जानकारी दिए । परिक्षाको नतिजा कार्यालयको सुचना पाटिमा मात्र टासिएको छ । यो बर्ष देखि नतिजा हेर्न प्रबिधिको प्रयोग गरिएको उनले बताए । यस पटक एसएमएस र इन्टरनेटबाट सहजै नतिजा हेर्न सकिने ब्यबस्था मिलाईएको काप्रीले जानकारी दिए । बिगतका बर्षहरुमा रातीमात्र नतिजा प्रकाशन गर्दै आएको कार्यालयले यो बर्ष अपह्ननै नतिजा सार्बजनिक गरेको छ । यस बर्ष प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ देखि २ बीचको जीपीए हो ।प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् हजार ५७७ छ ।यस बर्षदेखि ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज (जिपिए) मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको छ । गत वर्षसम्म नतिजा प्रकाशनको समयमा एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस माक्र्स थपेर विद्यार्थीलाई पास गराउँदै आएको थियो ।विद्यार्थीले एसएलसीको नतिजापछि प्राप्त गरेको एसएलसी ग्रेड सिटमा बढीमा दुई विषयमा डी र ई अक्षरांकन छ भने उसले एक पटकलाई मौकाको रुपमा ग्रेड बृद्धि गर्न ग्रेडबृद्धि परीक्षा दिन सक्ने ब्यवस्था गरिने पनिकाले जनाएको छ ।एसएलसी परीक्षाको सुरुवातको ८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्रा्ष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गरिएको हो ।एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी भएका थिए ।नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए भने तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए । तपाईको रिजल्ट हेर्न यहाँ थिच्नुहोस्