धरान / आगामी ११ गते शनिवार हुने मिस पुर्वाञ्चलको अन्तिम प्रतिश्पर्धाको तयारी लगभग पुरा भएको छ । आयोजक सिल्भर ईन्टरटेन्मेन्टका अध्यक्ष दिपक वनेपालीले तयारी लगभग सकिएको जनाएका छन् । एक महिना देखि प्रशिक्षणमा रहेका पुर्वका १९ सुन्दरीलाई व्यक्तित्व र क्षमता विकासका लागि विभीन्न क्षेत्रका विज्ञवाट प्रशिक्षित गरीएको उनले वताएका छन् ।
ईन्जिनियर सुरज श्रेष्ठ , वातावरणविद राजेन्द्र खनाल , प्राध्यापक डा. राजेन्द्र शर्मा , पर्यटन वोर्डका सिनियर अफिसर सुमन घिमिरे , चलचित्र निर्माता राजकुमार राई , डिएसपी ढकेन्द्र खतिवडालगायतले प्रशिक्षण दिए थिए । कोरियोग्राफर प्रियारानी लामाको नियमित प्रशिक्षणमा रहेका उनिहरु मिस पुर्वाञ्चल सहित विभिन्न ७ उपाधिका लागि अन्तिम प्रतिश्पर्धामा उत्रिदै छन् ।