धरान / सरकारले साउनवाट किसानलाई महँगो खालको मोबाइल फोन र सिम कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ। पहिलो चरणमा सुनसरी, धनकुटा , सिरहा, काभ्रे , बारा, रुपन्देही, बाँके र जुम्लाका किसानलाई मोवाईल फोन वितरण गर्ने भएको हो । त्यसैगरी दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलालीमा र तेस्रो चरणमा दार्चुला, डोटी, रुकुम, दाङ, मुस्ताङ, कास्की, पाल्पा, धादिङ र दोलखा जिल्लाका किसानलाई वितरण गरीने भएको हो । एउटा जिल्लामा ५० वटा मोबाइल सेट किसानको समूहलाई वितरण गरिनेछ। एउटा जिल्लामा ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एन्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सय रुपैयाँ बराबरको ब्यालेन्स सुविधा उपलब्ध गराउने सरकारी तयारी छ ।
मोवाईल सँगै एक थान वर्षा नाप्ने यन्त्र , एक थान तापक्रम नाप्ने थर्ममिटर र सिममा प्रत्येक महिना १५ मेगाबाइटको डाटा पनि निःशुल्क उपलब्ध गराइनेछ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयले जनाएको छ ।
सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको अवस्था, पशुपालन, रोग तथा निदानलगायतका सुविधा किसानलाई निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ। किसानलाई सित्तैमा मोवाईल
धरान / सरकारले साउनवाट किसानलाई महँगो खालको मोबाइल फोन र सिम कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ। पहिलो चरणमा सुनसरी, धनकुटा , सिरहा, काभ्रे , बारा, रुपन्देही, बाँके र जुम्लाका किसानलाई मोवाईल फोन वितरण गर्ने भएको हो । त्यसैगरी दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलालीमा र तेस्रो चरणमा दार्चुला, डोटी, रुकुम, दाङ, मुस्ताङ, कास्की, पाल्पा, धादिङ र दोलखा जिल्लाका किसानलाई वितरण गरीने भएको हो । एउटा जिल्लामा ५० वटा मोबाइल सेट किसानको समूहलाई वितरण गरिनेछ। एउटा जिल्लामा ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एन्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सय रुपैयाँ बराबरको ब्यालेन्स सुविधा उपलब्ध गराउने सरकारी तयारी छ ।
मोवाईल सँगै एक थान वर्षा नाप्ने यन्त्र , एक थान तापक्रम नाप्ने थर्ममिटर र सिममा प्रत्येक महिना १५ मेगाबाइटको डाटा पनि निःशुल्क उपलब्ध गराइनेछ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयले जनाएको छ ।
सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको अवस्था, पशुपालन, रोग तथा निदानलगायतका सुविधा किसानलाई निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























